ललितपुर– ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । आगलागीमा परी गम्भीर घाइते भएकी रुपा गिरीको उपचारको क्रममा गएराति किष्ट अस्पतालमा मृत्यु भएको हो ।
मोबिल स्टोर गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका पाँच सदस्य घाइते भएका थिए । उनीहरुलाई उपचार गर्न ग्वार्कोस्थित किस्ट अस्पताल लगिएको थियो ।
दुई छोरीहरु प्रिया गिरी र एलिसा गिरीको यसअघि २४ वैशाखमा मृत्यु भएको थियो । मोबिल स्टोरमा आगलागी हुँदा घाइते भएका रुपाका श्रीमान् सञ्जय गिरी र १५ वर्षीय मित गिरीको किष्ट अस्पतालमा उपचार हुँदै छ ।
रौतहटको राजदेवी नगरपालिका–४ घर भएका उनीहरू परिवारसँग ललितपुरको किष्ट अस्पताल नजिकै टहरामा बस्दै आएका थिए ।