लागु औषधसहित दुई नेपाली युवक भारतमा पक्राउ

राम्रो अनलाइन     २९ जेठ २०८१, मङ्गलबार
लागु औषधसहित दुई नेपाली युवक भारतमा पक्राउ

 

रौतहट– भारतीय सीमा सुरक्षा बल एसएसबीले बाराका दुई युवकलाई  पक्राउ गरेको छ। उनीहरुलाई  ठुलो परिमाणमा लागुऔषध सहित पक्राउ गरिएको हो।

भारत बिहार मोतीहारी जिल्ला एसएसबी क्याम्प जमुनियाका गस्ती टोलीले पिठवा गाउँ छेउ ३५७ नम्बर पिल्लर (सीमा स्तम्भ) नजिकै बाट सोमबार उनीहरुलाई लागुऔषध सहित पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ८ ककोर्वाका  २५ वर्षीय ईरफान खान र सोही नगरपालिका बाँसवरिया गाउँका राजु यादव रहेको प्रहरीले जनाएको छ। भारत घोडासहन बजारबाट भारु ४८ हजार रुपैयाको विभिन्न किसिमका लागुऔषध इन्जेक्सन, ट्याब्लेट र सिरप मोटरसाइकलमा राखेर ककोर्वा गाउँ तर्फ जाने क्रममा ईरफान लाई एसएसबीको टोलीले पक्राउ गरेको थियो। 

घोडासाहन बजार बाट लगेर सिम्रौनगढ नगरपालिका बाँसवरीया गाउँमा राजु यादव र उनको भाइ कञ्चन यादवको घरमा स्टक गरेर कलैया, निजगढ, हेटौँडादेखि काठमाडौँसम्म पुर्‍याउने गरेको पाइएको प्रहरीको भनाइ छ ।

ईरफान लाई बरामद लागुऔषध र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि झरौखर थानामा बुझाइएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ। 

प्रतिक्रिया