कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद

राम्रो अनलाइन     ०६ पुस २०८०, शुक्रबार
कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद

बाँके– बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहस्थित भन्सार इलाकाबाटपुस ५ गते सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद गरेको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेले उल्लेखित बस्तु बरामद गरेको हो । बरामद बस्तु खैरो, कालो र रातो रङको छ भने ५ वटाको तौल ८१ ग्राम रहेको छ । भारतबाट नेपालतर्फ आउदै गरेका ब्याक्तिले सशस्त्र प्रहरीलाइ देख्ना साथै आफुले बोकेको झोला फालेर भागेका थिए । उनले फालेको झोला जाँच गर्ने क्रममा कस्तुरीको बिना जस्तो देखिने बस्तु फेला परेको हो ।
        
बरामद कस्तुरीको बिना जस्तो देखिने बस्तु आवश्यक अनुसन्धान कारवाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ ।

प्रतिक्रिया