कोरोना संक्रमण बढ्न थालेसँगै यस्तो छ स्वास्थ्य मन्त्रालयको १० बुँदे अनुरोध

राम्रो अनलाइन     २५ चैत २०७७, बुधबार

काठमाडौं : सरकारले कोरोना संक्रमण बढ्दै गएको भन्दै रेष्टुरेन्ट र रात्रिकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न अनुरोध गरेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै रेष्टुरेन्ट र रात्रिकालीन व्यवसायमा कडाई गरेको हो।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भयरहेको निगरानीमा काठमाडौं, पोखरा लगायत ठूला सहरमा विद्यालय जाने उमेर समूहमा संक्रमण बढेको भन्दै सचेत हुन सबै शैक्षिक संस्थालाई अनुरोध गरेको छ । 

सार्वजनिक यातायातमा भीडभाड कम गर्ने र स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । सपिङ महल, नाचघर, सिनेमाहल, पार्टी प्यालेस, हेल्थ क्लब, पौडी पोखरी र धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्डमा कडाई गर्न भनिएको छ । 
मन्त्रालयले विदेशबाट फर्किएपछि अनिवार्य घरमै क्वारेन्टिनमा बस्न भनेको छ ।  

प्रतिक्रिया