कोभिड संक्रमित पूर्वरानी कोमलको श्वासप्रश्वासमा समस्या देखिएपछि आइसीयूमा 

पूर्वराजा ज्ञानेन्द्रको अवस्था सामान्य
राम्रो अनलाइन     १६ वैशाख २०७८, बिहिबार
कोभिड संक्रमित पूर्वरानी कोमलको श्वासप्रश्वासमा समस्या देखिएपछि आइसीयूमा 

काठमाडौं । कोभिड १९ संक्रमण भएर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको अवस्था बिग्रिएपछि आइसीयूमा भर्ना गरिएको छ । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि अस्पतालको आइसियूमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाइको छ।

पूर्वरानी शाहको उपचार डाक्टर जेपी जैसवाल नेतृत्वको टोलीले गरिरहेको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि  कोमललाई धेरै नै अक्सिजन दिनु परेको अस्पतालले जनाएको छ ।

कोमललाई समस्या भएपछि अहिले प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिनु परेको अस्पतालले जनाएको छ । कोभिड संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । 

वैशाख ७ गते पूर्वराजपरिवारलाई कोभिड संक्रमण पुष्टि भएको थियो। 

प्रतिक्रिया