काठमाडौं – कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–१८ स्थित महाकाली प्रादेशिक अस्पतालनजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय नरेन्द्र चन्दसहित पाँचजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ७०० रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी, भीमदत्त नगरपालिका–१८ स्थित महाकाली प्रादेशिक अस्पतालनजिक सोही नगरपालिका–१८ बस्ने ४० वर्षीय पदमराज पन्तले सञ्चालन गरेको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित सातजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनीहरूलाई नगद ३६ हजार ४४२ रूपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।