कंगनाको ट्विटर किन भयो सस्पेन्ड ?

एजेन्सी     २३ वैशाख २०७८, बिहिबार
कंगनाको ट्विटर किन भयो सस्पेन्ड ?

बलिउड क्विन कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेन्ड गरिएको छ। ट्विटरका अनुसार, अभिनेत्रीले नियम उल्लंघन गर्दै पश्चिम बंगालमाथि लगातार धेरै विवादित ट्विट गरेकी थिइन्। यस्तो कार्य गर्न ट्विटरले अनुमति दिँदैन। यति मात्रै होइन कंगना रनौतलेसीएम ममता बनर्जीलाई पनि आपत्तिजनक शब्दप्रयोग गरेकी थिइन्। 

कंगनासोसल मिडियामा निकै सक्रिय रहन्छिन्। अहिले यही विवादित पोस्टका कारण उनी चर्चामाछिन्। विवादित ट्विटपछि उनीमाथि मुद्दा पनि दर्ता भएको छ। कोलकाता प्रहरीले कंगनाविरुद्ध पश्चिम बंगालका जनताको भावनामा ठेस पुर्‍याएको आरोपमा मुद्दा दर्ता गरेको हो। 

अधिवक्ता सुमित चौधरीले कोलकाता प्रहरी कमिस्नर सौमेन मित्रालाई ई—मेलमा लेखेका छन्, ‘कंगनाले बंगालका जनताको भावनामाथि ठेस पुर्‍याएकी छन्। उनीहरूको अपमान गरेकी छन्।’ यो ई–मेलकोतीन लिंक्स पनि सेयर गरिएको छ। 

कंगनाले आफ्नो ट्विटमा लेखेकी थिइन्, ‘पश्चिम बंगालमा बंगालादेशी र रोहिंग्या धेरै संख्यामाछन्। यसबाट के देखिन्छ भने त्यही हिन्दु बहुमतमा छैनन्। र डाटाअनुसार, बंगाली मुस्लिम बेहद गरिब र वञ्चित छन्। ठीक छ यो दोस्रो कश्मीर बन्न जाँदैछ।’

कंगनायतिमा मात्रै सीमित रहिनन्। उनले सीएम ममता बनर्जीलाई रगतकी प्यासी राक्षसी अवतार भएको पनि बताएकी थिइन्।

प्रतिक्रिया