कंगनाको ‘थलाइवी’ सेप्टेम्बर १० देखि हलमा

राम्रो अनलाइन     ०९ भदौ २०७८, बुधबार
कंगनाको ‘थलाइवी’ सेप्टेम्बर १० देखि हलमा

 

बलिउड अभिनेत्री कंगना रनावतले आफ्नो नयाँ फिल्मको प्रदर्शन मिति तय गरेकी छन् । महामारीका कारण प्रदर्शन रोकिएको फिल्म ‘थलाइवी’ आगामी सेम्टेम्बर १० देखि हलहरूमा आउने भएको हो ।  

बहुभाषामा तयार भएको यस बायोपिक फिल्ममा कंगना अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी जयललिताको भूमिकामा देखिँदै छिन् । यो फिल्म गत अप्रिलमै प्रदर्शनमा आउने तयारी थियो तर कोरोनाको दोस्रो लहरका कारण धकेलियो । कंगनाले ‘जयललिताजस्ती प्रतिष्ठित व्यक्तिको फिल्म हलमै प्रदर्शन गर्नुपर्ने’ भन्दै इन्स्टाग्राममा नयाँ मितिसहितको पोस्टर सार्वजनिक गरेकी छन् ।

ुप्रतिष्ठित व्यक्तिको फिल्म हलमै प्रदर्शनमा आउनुपर्छ । थलाइवी सुपरस्टार इन्ट्रीका लागि तयार छु, कंगनाले लेखेकी छन् । विजयको निर्देशनमा बनेको फिल्ममा कंगनासँगै अर्विन्द स्वामी, मधु, प्रकाशराज, जिसु सेनगुप्तालगायतको अभिनय छ ।

भारतमा हलहरू खुल्न थालेसँगै ठूला स्टारका फिल्म हलमा प्रदर्शन हुन थालेका हुन् । यसअघि अभिनेता अक्षय कुमारको ुबेलबटमु हलमा प्रदर्शन आएको थियो । थलाइवी सँगै कंगना धाकड र तेजसमा देखिँदै छिन् ।

प्रतिक्रिया