माछापुच्छे बैंकको कलैया शाखाले बारा, कलैयास्थित तरकारी तथा फलफूल बजारका ४५ जना व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।
राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक डा. राजनकृष्ण पन्त, कलैया उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रदीप साहलगायतले पसलमा किनमेल गरेर क्यूआर कोडमार्फत भुक्तानी गरेका थिए ।
माछापुच्छे बैंक प्रदेश २ का प्रादेशिक प्रबन्धक डिल्लीराम गिरी, राष्ट्र बैंक वीरगञ्ज कार्यालयका सहायक निर्देशक अमिष शर्मा, कलैया तरकारी बजारका अध्यक्ष दीपलाल साह, उपाध्यक्ष अजयकुमार गुप्ता, सचिव आलम अन्सारीका साथै माछापुच्छ«े बैंक कलैया शाखा प्रमुख रामजी दास तथा वीरगञ्ज शाखा प्रमुख मनीष उपाध्यायलगायत उपस्थित थिए ।
कार्यक्रममा निर्देशक डा. पन्तले राष्ट्र बैंकको प्रमुख उद्देश्य स्वस्थ, सुरक्षित र सक्षम भुक्तानी प्रणालीको विकास गर्नु रहेको बताउँदै क्यूआर कोड भुक्तानी प्रणाली सुरक्षित, भरपर्दो र विश्वासिलो बनाउन ‘क्यूआर कोड स्ट्यान्डराइजेसन फ्रेमवर्क र गाइडलाइन’ जारी गरेको जानकारी दिए ।
क्यूआर कोड भुक्तानी सेवामार्फत राज्यको खर्च घटाउन सहयोग पुग्ने र ग्राहक एवं खुद्रा पसले दुवैलाई फाइदा हुने उनको भनाइ छ । माछापुच्छ«े बैंक प्रदेश २ का प्रादेशिक प्रबन्धक गिरीले तरकारी बजारका लागि हाल क्यूआर कोड सुविधा निःशुल्क गरिएको जानकारी दिए ।