किन बढ्दै छ बलात्कारपछि हत्या ? 

राम्रो अनलाइन     ३० माघ २०७७, शुक्रबार
किन बढ्दै छ बलात्कारपछि हत्या ? 

नेपालमा बलात्कारका घटना बढेसँगै हत्या र हत्या प्रयासमा बढेका छन् । नेपालमा दैनिक सरदर ६ देखि ७ महिला, बालबालिका तथा किशोरी बलात्कृत हुने गरेको प्रहरीको तथ्यांक छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार पछिल्लो अढाई वर्षमा ५ हजार ६ सय ३५ महिला, बालबालिका तथा किशोरी बलात्कृत भए । आर्थिक वर्ष २०७५/०७६ मा २ हजार २ सय ३०, २०७६/०७७ मा २ हजार १ सय ४४ र चालु आर्थिक वर्षको पुससम्म १ हजार २ सय ६० जना बलात्कृत भएका छन् । यो अवधिमा १६ जनाको बलात्कारपछि हत्या भएको प्रहरीको तथ्यांक छ । बैतडीमा भागरथीको बलात्कारपछि हत्या भएपछि यो संख्या १७ पुगेको छ । 
प्रहरीको तथ्यांक अनुसार २०७५/०७६ मा ११ जना, २०७६/०७७ मा २ जना, २०७७/०७८ मा २ जनाको बलात्कारपछि हत्या भएको छ । 

कसरी बुझ्ने अबोधका कुरा ?


यौन दुव्र्यवहार तथा बलात्कारमा परका वयस्क महिला आफूमाथि भएको घटना भन्न सक्छन्। तर, बालिकाहरू भने त्यसो गर्न सक्दैनन्। बालिकाहरू बलात्कृत भए पनि त्यो थाहा पाउन अविभावकलाई मुश्किल हुने भएकाले उनीहरूको विशेष व्यवहारलाई ‘नोटिसु गर्नुपर्ने मनोचिकित्सक डा रवि शाक्य बताउँछन्। डा। शाक्य यौन दुव्र्यवहारमा परेका बालबालिकाले आफ्नो उमेरभन्दा धेरै नै बढी परिपक्व यौनजन्य व्यवहार देखाउने बताउँछन्। ‘उनीहरूलाई यौनांगका बारेमा जानकारी हुन्छ, डा शाक्य भन्छन्, ‘दुई जना बच्चा खेल्दा पनि एकमाथि अर्को चढ्ने खालको व्यवहार देखाउँछन्।

यसबाट पनि केही भएको बुझ्नुपर्छ। उनी बालिकाहरू आफ्नो गुडियासँग खेल्ने तौरतरिकाबाट पनि बालात्कृत भए÷नभएको थाहा पाउन सकिने बताउँछन्। भन्छन्, ‘गुडियासँग खेल्दा पनि गुडियाको वस्त्र खोलेर हेर्ने, साथीको कट्टु खोल्ने जस्ता व्यवहार देखाउँछन्।


अन्तरदृष्टि नेपालकी परामर्शदाता भारती पनि यौन हिंसा पीडित बालिकाले विशेष व्यवहार देखाउने र यसबाट त्यस्ता घटना पहिचान हुने बताउँछिन्। ‘उनीहरूले स्कुल जान मन नगर्ने, आफ्नौ यौनांगमा पटक–पटक छुने गर्छन्, उनी भन्छिन्, ‘यसबाट अविभावकले आफ्ना छोरीमाथि केही भएको भनेर बुझनुपर्छ।

मनोपरामर्श जरुरी


यौन दुव्र्यवहारका शिकार भएका महिलाको अवस्था एकदमै दयनीय हुने र डिप्रेसनसम्म पुग्ने मनोचिकित्सक डा। कपिलदेव उपाध्याय बताउँछन्। ‘उनीहरू आफ्नो जिन्दगी पूरै ध्वस्त भएको सोच्छन्,ु डा। उपाध्याय भन्छन्, ‘उनीहरू सेल्फ हार्म (आफैँलाई नोक्सानी पुर्‍याउने काम) र आत्महत्या प्रयास गर्छन्।ु यस्तो बेला पीडित महिलालाई गरिने व्यवहार महत्‍वपूर्ण हुने भन्दै उनी परिवारका तर्फबाट पीडितले धेरै सहानुभूति र सहयोग खोज्ने बताउँछन्। ‘मुख्य कुरा पीडितलाई दोषी देख्नु हुँदैन,ु डा। उपाध्यको भनाइ छ, ‘पीडितलाई माया गर्ने, सहानुभूतिपूर्वक व्यवहार गर्ने, सपोर्ट गर्ने र मनोबल बढाउने व्यवहार परिवार तथा आफन्तले गर्नुपर्छ।


त्यस्तै, अन्तरदृष्टि नेपालकी परामर्शदाता भारती पनि दुव्र्यवहार भोगेका महिला सामान्य अवस्थामा आउन धेरै समय लाग्ने बताउँछिन्। त्यसका लागि परामर्शको खाँचो हुने उनको भनाइ छ। ‘परामर्शपछि उनीहरू बिस्तारै सामान्य अवस्थामा आउँछन्,ु उनी भन्छिन्, ‘पीडितलाई परामर्श दिएर मात्रै पुग्दैन, उनीहरूको परिवारलाई पनि दिनुपर्छ।ु पीडितलाई पाँच÷छ महिनादेखि एक वर्षसम्म परामर्श दिनु आवश्यक हुने उनको सुझाव छ।  

गुड टच र ब्याड टच जान्नुपर्छ 

डा रवि शाक्य, मनोचिकित्सक 

घरमा हुँदा निरन्तर टाउको दुख्ने, तर्सिने, काम्ने आदि समस्या भएकाहरूलाई जब अस्पताल ल्याइन्छ, एक रात अस्पतालमा भर्ना भएर बस्नेबित्तिकै उनीहरूको समस्या एकाएक गायब हुन्छ। चेकजाँचका क्रममा उनीहरूका केही रोग पनि देखिँदैन। केही दिन अस्पताल बसेर डिस्चार्ज भएर घर गएपछि उनीहरूलाई फेरि त्यही समस्या दोहोरिन्छ।

यस्तो अवस्था आउनुको कारण घरमा वा ऊ बसेको ठाउँमा उसलाई यौन दुव्र्यवहार भएको हुन सक्छ। त्यसैले अस्पताल लग्यो, ठीक हुन्छ, घरमा ल्याएपछि बिरामी हुने भनेर पीडितलाई बेवास्ता गर्दा समस्या झनै जटिल हुन्छ। त्यसैले यस्तो समस्या देखिएपछि सम्बन्धित व्यक्तिमाथि यौन दुव्र्यवहार त भइरहेको छैन भनेर सोधपुछ गर्नुपर्छ। 


जब बच्चामाथि यौन दुव्र्यवहार हुन्छ, दुव्र्यवहार गर्नेले उल्टै कसैलाई भनेमा ‘तिम्रो ममीलाई मारिदिन्छु, पुलिसलाई भनिदिन्छुु भनेर थर्काएका हुन्छन्। उनीहरू ठूलो तनावबाट गुज्रिरहेका हुन्छन्। यदि बालबालिका यौन दुव्र्यवहारमा परेका छन् भने उनीहरूले आफ्नो उमेरभन्दा धेरै नै बढी परिपक्व यौनजन्य व्यवहार देखाउँछन्। बालबालिका यौन दुव्र्यवहारमा परेका छन् कि छैनन भनेर थाहा पाउन उनीहरूलाई ‘प्ले थेरापीु गर्ने गरिन्छ। गुडिया खेल्न दिँदा उनीहरूले देखाउने व्यवहारबाट पनि उनीहरू दुव्र्यवहारमा परेको वा नपरेका थाहा हुन्छ। 


बालबालिकालाई ‘गुड टच र ब्याड टचु का बारेमा पनि सिकाउनुपर्ने हुन्छ। बच्चाहरूलाई माया गर्ने भनेर कसैले कहाँ छुँदा राम्रो वा कहाँ छुँदा नराम्रो तथा कहाँ म्वाइँ खाँदा राम्रो वा कहाँ खाँदा नराम्रो भन्ने विषयमा जानकारी दिलाउनुपर्छ। जो आफैँ यौन दुव्र्यवहारमा परेका हुन्छन्, उनीहरूले पछि यौन दुव्र्यवहार गर्ने गरेको अनुसन्धानबाट प्रमाणित भएको छ। लागुऔषध प्रयोगकर्ता एवं धेरै रक्सी सेवन गर्नेले यौन दुव्र्यवहार गर्ने गरेको पाइएको छ। ‘मुड डिसअर्डरु तथा मेनिया जस्ता मानसिक समस्या भएकाले पनि बलात्कार गर्ने सम्भावना धेरै हुन्छ। 

 

‘पीडितलाई दोषी देख्नु हुँदैनु


 डा कपिलदेव उपाध्याय, वरिष्ठ मनोचिकित्सक 

बालिका, किशोरी र युवतीमाथि अहिले आफ्नै परिवार, छिमेक, साथी र साथीको साथीबाट खतरा छ। असामाजिक व्यक्तित्व विकार ९एन्टी सोसल डिसअर्डर०का कारण पनि यस्ता घटना हुने गरेका छन्। यो एउटा मानसिक समस्या हो। यस्तो समस्या भएका मान्छेले जे गर्न मन लागेको छ, त्यही गर्ने, अरूलाई पीडा दिएर रमाउने गर्छन्। 


यौन व्यभिचार ९सेक्सुअल पर्भर्जन० भएका व्यक्तिले पनि आफ्नो यौन चाहना पूरा गर्न यौन दुव्र्यवहार गर्ने गरेको पाइएको छ। यौन दुव्र्यवहार तथा बलात्कारका शिकार भएका महिलाहरूको अवस्था एकदमै दयनीय हुन्छ। उनीहरू आफ्नो जिन्दगी पूरै ध्वस्त भएको ठान्छन्। उनीहरू आफैँलाई नोक्सानी पुर्‍याउने काम र आत्महत्या प्रयाससम्म गर्न सक्छन्। घटनापछि उनीहरू डिप्रेसनको शिकार हुन्छन्। पोस्ट ट्रोम्याटिक स्ट्रेस डिसअर्डर ९पीटीएसडी०को अवस्थामा पनि उनीहरू पुग्न सक्छन्। यसको उपचार गर्न त्यति सजिलो छैन। यो जिन्दगीभर रहिराख्ने, दुःख दिइराख्ने घाउ बनेर बस्छ। 


पीडित महिलालाई घरपरिवारको माया, हेरचाहको एकदमै खाँचो हुन्छ। तर, हाम्रो समाजमा उल्टै पीडित महिलालाई नै दोषी देखिन्छ। उल्टै उनीहरूको चरित्रमा शंका गरिन्छ। पीडित महिलालाई गरिने व्यवहार महत्‍वपूर्ण हुन्छ। मुख्य कुरा, पीडितलाई दोषी देख्नु हुँदैन। पीडितलाई माया गर्ने, सहानुभूति दिने, सपोर्ट गर्ने र मनोबल बढाउने व्यवहार परिवार तथा आफन्तले गर्नुपर्छ।


‘प्रहरीलाई संवेदनशील बन्ने चुनौती छ


मिरा ढुंगाना, अधिवक्ता 

राज्य महिलामाथि हुने यौन हिंसामा संवेदनशील नभएको कुरा पछिल्लो पटक सार्वजनिक भएका घटनाले प्रष्टै देखाएको छ। प्रहरीका उच्च अधिकारीहरू यस्ता घटनामा संवेदनशील होलान् तर पीडितसँग ‘डिलु गर्ने त सामान्य प्रहरी जवान तथा तल्लो तहका प्रहरीले हुन्। उनीहरूमा त्यस्तो संवेदनशीलता देखिँदैन। यो प्रहरी संगठनकै लागि पनि चुनौती हो। उनीहरूलाई तालिम, प्रशिक्षण दिएर हुन्छ भने त्यो काम गर्नुपर्‍यो। 


न्यायका लागि पीडितहरू सहज रूपमा अदालतसम्म पुग्न सक्दैनन्। कतिपय घटनामा अदालत पनि संवेदनशील नभएको देखिएको छ। पीडकलाई नै छाड्ने गरी अदालतबाट फैसला भएका छन्। राज्य यस्ता घटनामा संवेदनशील छैन। महिलालाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार संविधानले ग्यारेन्टी गरेको छ। तर, व्यवहारमा यो लागू हुन सकेको छैन।

राज्य, मिडिया, अधिकारकर्र्मी सबैले त्यो सुनिश्चित गराउनतर्फ लाग्नुपर्छ। महिलाहरू भोग्ने कुरा मात्रै हुन्, उनीहरू वस्तु मात्रै हुन् भन्ने पुरुष मानसिकता नै महिलामाथि हुने हरेक अत्याचारको जड हो। यहाँ त पीडितलाई महिलालाई नै गलत ठानिन्छ। 

‘थाहै नपाई बलात्कृत हुन्छन्

रजनी भारती परामर्शदाता, अन्तरदृष्टि नेपाल


बच्चाले कहिले पनि झुटो बोल्दैनन्। अविभावकले आफ्नो बच्चालाई समय दिनुपर्छ। उनीहरूको कुरा सुनिदिनुपर्छ।हामीकहाँ बालिका, किशोरीहरूमाथि भएका यौन दुव्र्यवहार र बलात्कारका जति पनि घटना आएका छन्, त्यसको पहिचान शिक्षकहरूले गरेका छन्। शिक्षक मात्रै पनि अलिकति संवेदनशील भइदिए यस्ता घटनाको बढी पहिचान हुन्थ्यो। 


बालिकाहरूले आफू यौन दुव्र्यवहारमा परेको वा बलात्कृत भएको घटना सीधै भन्न सक्दैनन्। उनीहरूले स्कुल जान मन नगर्ने, आफ्नौ यौनांगमा पटक–पटक छुने जस्ता व्यवहार देखाउँछन्। यसबाट अविभावकले आफ्नो छोरीमाथि केही भएको भनेर बुझ्नुपर्छ। 


आफ्नैबाट हुने यौन दुव्र्यवहार तथा बलात्कारका घटना योजनामा हुन्छन्। गलत नियत भएकाले बालिकाहरूलाई नजानिँदो रूपमा आफूप्रति खुशी र ‘लोयलु बनाउँछन्। कहिले उनीहरू चकलेट दिन्छन्, कहिले खेलौना ल्याइदिन्छन्। यसरी उनीहरू बालिकालाई यौन दुव्र्यवहार गर्छन्, बलात्कार गर्छन्। बिचरा बालिकालाई आफू बलात्कृत भएको पनि थाहा हुँदैन। 


 

प्रतिक्रिया