केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक ढकाल

राम्रो अनलाइन     ०३ माघ २०८०, बुधबार
केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक ढकाल


काठमाडौँ–नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाललाई तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी नायब महानिरीक्षक ढकाललाई आज केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।

प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकाललाई ९८५१२९२१११ र spokesperson@nepalpolice.gov.np इमेल ठेगाना मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया