काठमाडौंको तारकेश्वरमा भेटियो बर्ड फ्लु 

राम्रो अनलाइन     १८ माघ २०७७, आइतबार
काठमाडौंको तारकेश्वरमा भेटियो बर्ड फ्लु 

काठमाडौंको तारकेश्वर नगरपालिकामा बर्ड फ्लुको संक्रमण भेटिएको छ । नगरपालिकाको वडा नं. ७ साङ्लेखोलाका कृषकले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको पशु सेवा विभागले विज्ञप्ति निकालेर जनाएको छ ।

त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा शुक्रबार बर्ड फ्लु रोग पुष्टि भएको विभागले जनाएको छ ।

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका करिब साढे २३ सय वटा घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले जनाएको छ ।

यस क्रममा १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया