काठमाडौँको फोहोर तत्काल उठाउने व्यवस्था गर्न प्रधानमन्त्री देउवाको निर्देशन

राम्रो अनलाइन     १४ भदौ २०७८, सोमबार
काठमाडौँको फोहोर तत्काल उठाउने व्यवस्था गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा फोहोर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज बालुबाटारमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई बोलाएर तत्काल फोहर उठाउने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले फोहोर उठाउने काममा संघीय सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताएका थिए ।

सम्बन्धित अन्य सरकारी निकायबाट पनि समन्वय हुने भन्दै उनले काठमाडौँको फोहोर उठाउने व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 

प्रतिक्रिया