कैलालीबाट खैरो हिरोइनसहित एक जना पक्राउ

राम्रो अनलाइन     १२ असार २०८१, बुधबार
कैलालीबाट खैरो हिरोइनसहित एक जना पक्राउ


कैलाली–  नेपाल प्रहरीले कैलालीबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले गएराति जिल्लाको गोदावरी नगरपालिका २ तेघरीबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा गोदावरी नगरपालिका २ तेघरी बस्ने २४ वर्षीय अमित सोव रहेका छन्। 

उनलाई चेकजाँच गर्दा निजको साथबाट लागुऔषध (खैरो हेरोइन)  जस्तो देखिने धुलो पदार्थ शुद्ध तौल १ ग्राम १६० मिलिग्राम फेला परेपछि बरामद गरिएको हो। सोवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासत कक्षमा राखी थप अनुसन्धानको कार्य भइरहेको छ।

प्रतिक्रिया