जयन्दु बाल सुधार गृहमा झडपको नेतृत्व गर्ने ११ जनालाई मुद्दा चलाइँदै

राम्रो अनलाइन     २५ असार २०८१, मङ्गलबार
जयन्दु बाल सुधार गृहमा झडपको नेतृत्व गर्ने ११ जनालाई मुद्दा चलाइँदै

 

काठमाडौँ–  बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित जयन्दु बाल सुधार गृहमा झडपको नेतृत्व गरेको आरोपमा प्रहरीले ११ जनालाई मुद्दा चलाउने तयारी गरेको छ ।

सोमबार सुधार गृहमा झडप सुरु भएपछि ६५ जना बालबालिका त्यहाँबाट निस्केर भागेका थिए । उनीहरूमध्ये दुईजना अझै सम्पर्कविहीन छन् । झडपमा संलग्न ११ जनालाई कानुन अनुसार कारबाही अघि बढाउन लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए । 

डुडुवा गाउँपालिका स्थित रिहमुनियामा संचालित सुधार गृहमा यसअघि पनि झडप भएको थियो । हराएका दुईजनाको खोजी भइरहेको प्रजीअ रिजालले जानकारी दिए ।

प्रतिक्रिया