जुम्लामा ४६ करोड बढी राजस्व सङ्कलन

राम्रो अनलाइन     २१ साउन २०८१, सोमबार
जुम्लामा ४६ करोड बढी राजस्व सङ्कलन

 

जुम्ला– आन्तरिक राजस्व कार्यालय जुम्लाले आर्थिक वर्ष २०८०।०८१ मा रु ४६ करोड पाँच हजार राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०८०।०८१ म विभिन्न करका शीर्षकबाट सो रकम सङ्कलन भएको छ ।   

प्रमुख कर अधिकृत सुवप्रसाद रिजालका अनुसार लक्ष्य रु. ५९ करोड एक लाख एक हजार मध्य रु ४६ करोड पाँच लाख ७७.९५ प्रतिशत राजस्व सङ्कलन भएको हो । उहाँका अनुसार सङ्कलित राजस्वमध्ये रु. ३१ करोड ५३ लाख २९ हजार आयकरबाट, रु ११ करोड ९३ लाख ४९ हजार मुल्य अभिवृद्धि करबाट राजस्व सङ्कलन भएको छ । यसैगरी घरबहाल करमा एक करोड १३ लाख ७३ हजार छन् । अन्तःशुल्कबाट ८५ लाख ३७ हजार, ब्याजकरबाट रु ५३ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । 

कार्यालय प्रमुख सुवेदीका अनुसार पछिल्लो समय राजस्व अनलाइन प्रणाली आईपिएस लगायतबाट बुझाउँदा सजिलो भएको छ । यसैगरी जुम्ला, कालिकोट र मुगुको जिम्मेवारी लिएको यस कार्यालय अन्तरगत साना तथा मझौला व्यवसायी केही करको दायरामा नआउने र केही करविवरण र कर समयमा नबुझाउने समस्या भएको छ । 

कार्यालयले जनाए अनुसार त्यस्ता कर व्यवसायीलाई कर छुटको समेत व्यवस्था छ । आर्थिक ऐन २०८१ अनुसार करको दायरमा नआएका अब आउनेलाई २०७८।०७९ यताको कर र विवरण मात्रै बुझाएर विवरण मात्रै बुझाए कारोबारको हिसाब बुझाउनुपर्ने छैन । पान नम्बर लिएका कर र कर विवरण नबुझाएकालाई अन्य अन्य विवरण र कर मात्र बुझाएमा सबै जरिवाना र शुल्क छुट लाग्ने व्याज २५ प्रतिशतको ७५ प्रतिशतको ब्याज छुट हुनेछ । भ्याट विवरण महिनावारी नबुझाउनेको सबै कर विवरण बुझाउन आएमा सबै जरिवाना छुट हुनेछ । 

प्रतिक्रिया