जुलाई महिनाभर शाओमीको अफर, रेड्मी नोट १३ सिरिजका फोनमा चार हजारसम्म छुट 

राम्रो अनलाइन     २१ असार २०८१, शुक्रबार
जुलाई महिनाभर शाओमीको अफर, रेड्मी नोट १३ सिरिजका फोनमा चार हजारसम्म छुट 


काठमाडौं– शाओमीले नेपालमा जुलाई ज्याकपट अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत रेड्मी नोट १३ सिरिजका मोडेलमा चार हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो छुट योजना रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५जीमा लागु हुनेछ ।जुलाई १ देखि ३१ सम्म शाओमीका नेपालभरका रिटेल आउटलेटर आधिकारिक मी स्टोरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले अफरले  इनोभेटिभ र हाई–क्वालिटी स्मार्ट्फोन अझ धेरै मानिसका लागि उपलब्ध गराउने लक्ष्य राखेको बताए ।

कुन फोनमा कति छुट ?
रेड्मी नोट १३ को ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको फोनको मूल्य २४ हजार ९९९ रहेकोमा अफर अवधिभर २३ हजार ९९९ मामिल्ने कम्पनीले जनाएको छ ।

यस्तै, आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको २६ हजार ९९९ रुपैयाँको फोन २६ हजार ९९९ मा मिल्ने कम्पनीले जनाएको छ । रेड्मी नोट १३प्रो को आठ जीबी र्‍याम र २५६ स्टोरेज रहेको फोनको मूल्य ३४ हजार ९९९ रहेकोमा अफर अवधिभर ३२ हजार ९९९ मा मिल्नेछ ।

यस्तै, १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज रहेको ३९ हजार ९९ रुपैयाँको फोन ३५ हजार ९९९ रुपैयाँमिल्ने कम्पनीले जनाएको छ । रेड्मी नोट १३ प्रोप्लस ५जीको आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको फोनको मूल्य ४७ हजार ९९९ रहेकोमा अफर अवधिभर ४५ हजार ९९९ मामिल्ने शाओमीले जनाएको छ ।

यसको १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य ५२ हजार ९९९ रहेकोमा जुलाई महिनाभर ५० हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया