महोत्तरी– जनकपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ।
महोत्तरीको एकडाडा गाउँपालिका बस्ने वर्ष २० का प्रिन्स कुमार महासेठको हत्या भएको प्रहरी कार्यालय धनुषाले जनाएको छ। कार्यालयका अनुसार जनकपुरधाम उपमहानगरपालिका विश्वकर्मा रचौक नजिक डेरामा आज दिउँसो १२ बजेतिर शौचालयभित्र महासेठको हत्या भएको हो।
हत्या आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय गणेश साहका छोरा वर्ष २४ वर्षीय अर्जुन कुमार साह रहेको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेका उनीमाथि र घटनाको विषयमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।