झ्याप्ले खोला पहिराेबाट २५ वटा शव निकालियाे

राम्रो अनलाइन     १३ असोज २०८१, आइतबार
झ्याप्ले खोला पहिराेबाट २५ वटा शव निकालियाे

 

धादिङ – धादिङकाे धुनीबेसी नगरपालिका- ९ झ्यापले खाेलामा पहिराेमा पुरिएका थप ११ जनाकाे शव निकालिएकाे छ। आइतबार बिहानदेखि अहिलेसम्म साे स्थानबाट थप ११ जनाकाे शव निकालिएकाे उद्दारमा खटिएका प्रहरीले जनाएका छन्।

शनिबार साँझसम्म एउटा बस र माइक्राेबस भेटिएकाेमा आइतबार बिहान थप एउटा बस पनि भेटिएकाे र त्यसमा थप ११ जनाकाे शव भेटिएकाे हाे। अहिले भेटिएकाे बस गाेरखाबाट आएकाे हुन सक्ने आशंका गरिएकाे छ।

याेसँगै झ्यापले खाेलामा गएकाे पहिराेमा परेर मृत्यु हुनेकाे संख्या २५ पुगेकाे छ। यही ठाउँबाट शनिबार १४ वटा शव निकालिएकाे थियाे। ती शव बुटवलबाट आउँदै गरेकाे हाइसमा सवार यात्रुकाे भएकाे बताइएकाे छ।

पहिले गएकाे ठाउँमा अहिले जेसिबीकाे प्रयाेग गरेर बेपत्ता गाडीहरु र मानिसकाे खाेजी गरिँदैछ।

प्रतिक्रिया