झिनो अंकले बजार बढ्दा ६ अर्बको कारोबार

राम्रो अनलाइन     ३० पुस २०८२, बुधबार

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । बुधबार (पुस ३०) सेयर बजार १.५२ बढेको हो । यससँगै बजार मापक २६४१।४३ विन्दु कायम भएको छ ।

यसदिन १२५ कम्पनीको सेयर मूल्य बढेको छ । १२४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो ।

बजार सामान्य अंक बढे पनि ६ अर्ब २० करोड रुपैयाँबराबरको सेयर किनबेच भयो । अघिल्लो दिन करिब ७ अर्ब रुपैयाँको सेयर किनबेच भएको थियो ।

यस दिन सुपरमादी हाइड्रो, थ्री स्टार हाइड्रो, एनएमबि माइक्रो फाइनान्स, गुणविल फाइनान्स, सिटिजन्स म्युचअल फन्डलगायत कम्पनी धेरै कमाउनेमध्ये परे । 

समूहगत सूचकतर्फ बैंकिङ, जीवन बिमा, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स र अन्य सूचक घट्दा बाँकी समूह सूचक बढेका छन् । 

प्रतिक्रिया