जाजरकोट पहिरो अपडेट: बेपत्ता श्रीमान–श्रीमतीको शव फेला

राम्रो अनलाइन     २३ भदौ २०८१, आइतबार
जाजरकोट पहिरो अपडेट: बेपत्ता श्रीमान–श्रीमतीको शव फेला

 

जाजरकोट – जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर ६ धुमामा पहिरोले पुरिएर बेपत्ता भएका श्रीमान–श्रीमतीको शव फेला परेको छ।

आइतबार बिहान साढे २ बजेतिर आएको पहिरोमा आफ्नै घरमा सुतिरहेका मानबहादुर चलाउने र उनकी श्रमती प्रेमकुमारी चलाउने बेपत्ता भएका थिए।

दुवै जनाको शव पोष्टमार्टमको लागि आधारभूत स्वास्थ्य केन्द्र बारेकोट लिम्सा लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

पहिरोमा परी मृत्यु हुने प्रेमकुमारी सोही वडाकी वडा सदस्यसमेत हुन्। यस्तै पहिरोमा परी चलाउनेकी छोरी ११ वर्षीया सम्झना घाइते भएकी छिन्।

प्रतिक्रिया