इरानी अस्गर फराहिदलाई दोस्रो कान्स

एजेन्सी     ०५ साउन २०७८, मङ्गलबार
इरानी अस्गर फराहिदलाई दोस्रो कान्स

फ्रान्स स्  फ्रान्समा ११ दिन चलेको कान्स फिल्म फेस्टिभलमा इरानियन निर्देशक अस्गर फरहादीले दोस्रो अवार्ड जितेका छन् । सन् २०१६ मा ‘दि सेल्समेन’बाट पटकथा विधाको अवार्ड जितेका फरदाहीले आइतबार बिहान समापन भएको कान्समा भने कान्सको दोस्रो ठूलो पुरस्कार ग्रान्ड पिक्स जितेका छन् ।

‘अ हिरो’का लागि पाएको यो पुरस्कारमा उनको एकल दाबेदारी भने रहेन । यो पुरस्कार उनले जुहो कुसोमानेनको ‘कम्पार्टमेन्ट नम्बर ६’सँग बाँडनु पर्यो । फरहादी र कुसोमानेनले संयुक्त रुपमा ग्रान्ड पिक्स ग्रहण गरेका  कान्सको सर्वोत्कृष्ट पुरस्कार पाम डी अर भने ‘टिटाने’ले पायो ।

जुलिया डुकोर्नाउले निर्देशन गरेको यो फिल्मलाई बीबीसीले केही दिन अघि मात्रै २०२१ सबैभन्दा ‘स्तब्ध’ बनाउने फिल्म भन्दै समीक्षा गरेको थियो । जुलिया कान्समा यो अवार्ड जित्ने दोस्रो महिला निर्देशक बनिन् । यसअघि सन् १९९३ मा ‘दि पियानो’ का लागि जेन क्याम्पियनले पाम डी अर जितेकी थिइन् । ७४ वर्ष लामो कान्सको इतिहासमा जम्मा दुई जना महिलाले मात्र सर्वोतकृष्ट पुरस्कार जितेका हुन् । 

महिला निर्णायकको बाहुल्य रहेको कान्सको मुख्य निर्णायक भने अमेरिकी निर्देशक स्पाइक ली थिए । उनले विजेताको नाम घोषणा गर्ने क्रममा समयभन्दा अगावै ‘टिटाने’को नाम घोषणा गरेपछि भने वातावरणमा सन्नाटा छाएको थियो । सबैभन्दा अन्तिममा घोषणा गर्ने अवार्ड सबैभन्दा पहिला घोषणा गरेपछि लीले धेरै पल्ट माफी माग्नु परेको थियो ।

समारोहमा निर्देशन तर्फको अवार्ड भने लिओस् काराक्सले जिते । उनी निर्देशित ‘एनेट्टे’ समारोहको ओपनिङ फिल्म थियो । अभिनेता तथा अभिनेत्रीतर्फको अवार्ड भने क्रमशः ‘निटराम’का लागि सेलेब लन्ड्री जोन्स र ‘दि वस्र्ट पर्सन इन दि वल्र्ड’ का लागि रेनाटे रेइन्स्भले जिते ।  

समारोहमा चुनिएका बाँकी विजेताको नाम यसप्रकार रहेको छ । 

प्रतिक्रिया