इजरायल–हमास युद्धको एक महिना : राष्ट्रसंघका ८८ कर्मचारीको मृत्यु

राम्रो अनलाइन     २१ कात्तिक २०८०, मङ्गलबार
इजरायल–हमास युद्धको एक महिना : राष्ट्रसंघका ८८ कर्मचारीको मृत्यु


संयुक्त राष्ट्रसंघले आइतबार गाजाभित्र आफ्ना ८८ कर्मचारी मारिएका बताएको छ । मारिनेहरू गाजापट्टीका शरणार्थी क्याम्पमा काम गर्ने संयुक्त राष्ट्रसंघीय उद्धार तथा सहकार्य एजेन्सी (युएनआरडब्लुए) का कर्मचारी रहेको सो निकायले जानकारी दिएको छ । ‘यो संख्या कुनै एक युद्धमा संयुक्त राष्ट्रसंघले गुमाएको सबैभन्दा धेरै कर्मचारी संख्या भएको’ संयुक्त राष्ट्रसंघले बताएको छ । 

संयुक्त राष्ट्रसंघका सबै मुख्य मानवीय एजेन्सीका प्रमुखको एक दुर्लभ संयुक्त वक्तव्य जारी गरेका छन्, जसमा गाजाको स्थिति ‘भयावह’ र ‘अस्वीकार्य’ रहेको भन्दै ‘तत्काल मानवीय युद्धविराम’को आह्वान गरिएको छ । यस्तै आह्वान इजिप्ट र ओमनबाट पनि भयो । तर, आइतबार इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बन्धकहरू मुक्त नगरिएसम्म गाजामा कुनै युद्धविराम नगर्ने बताएको टाइम्स अफ इजरायलले लेखेको छ । इजरायली सेनाले २४० जना हमासको कब्जामा रहेको बताएको छ । उता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले इजरायल–हमास युद्धमा पछिल्लो विकासबारे छलफल गर्न सोमबार बैठक गरायो । 

प्रतिक्रिया