हुलास स्टिल इन्डस्ट्रिजले नयाँ प्रकृतिको छाना छाउने कर्कट पाता गल्भाअलुम उत्पादन सुरु गरेको छ । उद्योगले बजारमा गल्भाअलुम ड्युराकलरको ब्रान्डमा बिक्री वितरण गर्नेछ ।
गल्भाअलुम कर्कट पाता उत्पादन गर्दा कोल्डरोल्ड सिटमा ५५ प्रतिशत आल्मुनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन कटिङ गरी उत्पादन गरिने हुँदा साधारण कर्कट पाताको तुलनामा गल्भाअलुममा जंक प्रतिरोधी क्षमता ३ गुणा बढी हुने दाबी कम्पनीले गरेको छ ।
गल्भाअलुम रंगीन कर्कट पाता हुलास ड्युराकलरको ब्रान्डमा उपलब्ध हुनेछ । नेपालमा पहिलो पटक अस्ट्रेलियन प्रविधिको कटिङ प्रयोगमा ल्याइएकाले कर्कट पाताको टिकाउपन ३ गुणा बढी हुने कम्पनीले बताएको छ ।
हुलास गल्भाअलुम र हुलास ड्युराकलर कर्कट पाता नेपाली बजारमा कम्पनीकै डिलर, डिपो तथा शाखा कार्यालयमा उपलब्ध गराइएको छ ।
हुलास स्टिलले सन् १९८१ मा स्थापना भई पहिलो पटक जापानी प्रविधिबाट कर्कट पाता उत्पादन गरेको थियो भने सन् १९८९ मा नेपालमै पहिलो पटक रंगीन कर्कट पाताको उत्पादन सुरु गरेको थियो ।
हाल हुलास स्टिलले कालो पाइप, जीआई पाइप, इलेक्ट्रिक पोल, सट्टर र डेकिङ प्रोफाइल्सलगायत उत्पादन गरी नेपाली बजारमा बिक्री गर्दै आएको बताएको छ ।