हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ: सञ्चारमन्त्री खरेल

राम्रो अनलाइन     २९ मंसिर २०८२, सोमबार
हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ: सञ्चारमन्त्री खरेल

काठमाडौँ–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिएका छन् । 

डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयको सोमबार अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खरेलले बदलिदो परिस्थितिलाई आत्मसात गरी हुलाक सेवालाई व्यावसायिक कार्ययोजनासहित अगाडि बढाइनुपर्ने बताए । 

सञ्चारमन्त्री खरेलले भने, ‘हामीले हुलाक सेवालाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन सक्नुपर्छ, हुलाकासँग अबको पाँच वर्षभित्रमा राज्य र जनतालाई योगदान गर्नसक्ने गरी कार्यान्वयनमुखी कार्ययोजना हुन आवश्यक छ ।’ उनले ‘स्मार्ट हुलाक’ को कामलाई तीब्रताका साथ अगाडि बनाउन पनि निर्देशन दिए । 

सञ्चार सचिव राधिका अर्यालले स्मार्ट हुलाकका लागि नीतिगत र संरचनागत सुधारका पक्षमा पहल भइरहेको जानकारी दिँदै भने, ‘स्मार्ट हुलाकको मापदण्ड स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव आइसकेको छ, यो छिट्टै स्वीकृत भएर कार्यान्वयनमा जान्छ । यसवर्ष ५० वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाक बनाउने गरी बजेट व्यवस्था भइसकेको छ ।’

प्रतिक्रिया