हलिउड फिल्म खेल्दै आलिया 

राम्रो अनलाइन     २७ फागुन २०७८, शुक्रबार
हलिउड फिल्म खेल्दै आलिया 

 

बलिउड अभिनेत्री आलिया भट्टले हलिउड फिल्म खेल्ने भएकी छन् । नेटफ्लिक्सको आगामी स्पाई थ्रिलरमा आलिया गल गडोट र जेमी डोर्रनानसँगै देखिनेछिन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार टम हार्परको निर्देशनमा बन्न लागेको फिल्म ‘हार्ट अफ स्टोन’ बाट आलियाले हलिउड डेब्यु गर्नेछिन् । हार्पर वेब सिरिज ‘पिकी ब्लाइन्डर्सु,’ ‘वार एन्ड पिस’ र फिल्म ‘वाइल्ड रोज’ का लागि चर्चित छन् ।

‘टु स्टेट्सु,’ हम्प्टी शर्माकी ‘दुल्हनियाँ’ ‘हाइवे’ ‘गल्ली ब्वाई’ ‘उड्ता पञ्जाब’ लगायतका फिल्म खेलेर चर्चित आलियाको हालैमात्र ‘गंगुबाई कठियावाडी’ हालै प्रदर्शन भइरहेको छ । आलियाले सन् २०१२ मा करण जोहरको ‘स्टुडेन्ट अफ दि इयर’ मार्फत बलिउडमा डेब्यु गरेकी थिइन् ।

प्रतिक्रिया