‘हिरो बन्ने तयारी गर्दै छु’

जयन सुब्बा मानन्धर     १३ फागुन २०७७, बिहिबार
‘हिरो बन्ने तयारी गर्दै छु’

मोडलिङमा लागेको दुई वर्ष भयो । पढाइसँगै जागिर पनि गर्दै छु । एक जना साथीसँग म्युजिक भिडियो निर्देशककोमा जाँदा मोडलिङ गर्ने अवसर पाएको हुँ । म्युजिक भिडियोमा अभिनय गर्ने साथीसँग निर्देशककहाँ पुगेको थिएँ । मलाई देख्नेबित्तिकै ‘यो भाइको लुक फरक लाग्यो’ भनेर म्युजिक भिडियोमा काम गर्ने मौका दिनुभएको थियो । मलाई पनि मोडलिङमा रुचि थियो । त्यसैले पाएको अवसर छोडिनँ । 

केही म्युजिक भिडियो, फेसन सोमा काम गरेको छु । पहिलो काम नै अफर आएर गरेकाले मलाई काम पाउन त्यति गाह्रो भएको छैन । तर, म्युजिक भिडियो र फेसन सोमा मात्र काम गरेर हुँदैन भन्ने लागेर अहिले एक्टिङ क्लास र डान्स सिक्दै छु । मेरो उद्देश्य फिल्ममा हिरो बन्ने छ । त्यसका लागि तयारी गर्दै छु । ललितपुर, हरिसिद्धीमा घर छ । सहकारीमा जागिर गर्दै छु । त्यसैले मलाई काठमाडौँ खान÷बस्न गाह्रो छैन । 

शरीरिक रूपमा फिट रहन जिम जान्छु । हिरो बन्नका लागि चाहिने सम्पूर्ण तयारी गरेपछि मात्र फिल्ममा ट्राई गर्ने सोच छ । नेपालमा केटी मोडलको तुलनामा केटा मोडललाई काम पाउन केही गाह्रो छ । तर, आफूमा क्षमता र अलि फरक खालको लुक छ भने काम पाउन गाह्रो हुँदैन । फरक लुक भएकै कारण मैले अहिलेसम्म सजिलै काम पाइरहेको छु । 

  

प्रतिक्रिया