हिरासतबाट लागुऔषध कारोबारी भगाउने प्रहरीका पूर्वजवान १६ वर्षपछि पक्राउ

राम्रो अनलाइन     १२ माघ २०८०, शुक्रबार
हिरासतबाट लागुऔषध कारोबारी भगाउने प्रहरीका पूर्वजवान १६ वर्षपछि पक्राउ

काठमाडौँ– लागुऔषध कारोबारीलाई भगाएको आरोप लागेका प्रहरीका पूर्व जवान १६ वर्षपछि पक्राउ परेका छन्। । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उनलाई भारतको कोलकाताबाट पक्राउ गरेर ल्याएको हो ।

उनले सेवामा रहेकै बेला  २०६४ सालमा लागूऔषध मुद्दामा हिरासतमा रहेका एक भारतीय नागरिकलाई भगाएका थिए । त्यसपछि आफू पनि भागेका थिए ।

अहिले उनीसँग नौ वटा ट्याक्सी, भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्स समेत रहेको प्रहरीले जनाएको छ । उनी भारतको कलकत्तामा श्रीमतीसहित बसोबास गर्दै आएका थिए ।
 

प्रतिक्रिया