हिमालयन शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा

राम्रो अनलाइन     २४ फागुन २०७८, मङ्गलबार
हिमालयन शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा

 

धनगढी– हिमालयन शेर्पा क्लब धनगढीमा जारी पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा शेर्पाले आयोजक एवं साविक विजेता सुदुरपश्चिम–११ लाई २–१ गोलले हरायो ।

सेमिफाइनलमा शेर्पाको भेट मनाङ मर्स्याङ्दी क्लबसँग हुनेछ । शेर्पाको जितमा पिस्टन मुटाम्बा र सुरेश कुमालले गोल गर्नुभयो । सुदुरपश्चिम–११ ले शेर्पाका विवेक पण्डितबाट आत्मघाती गोल उपहार पाएको थियो । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक, उदयमान खेलाडी र फेयर प्ले टिमलाई २५र२५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया