अभिनेत्री भावना गुरुङ ‘विजनेस वुमन’ पनि हुन् । केही वर्षअघिसम्म मोडलिङ र अभिनयका क्षेत्रमा क्रियाशील उनी अहिले रियल स्टेटको व्यवसायमा संलग्न छिन् । रियल स्टेट व्यवसायमा अहिले मन्दी आएपनि भावना भने उत्साही छिन् । उनी आफ्नो व्यवसाय फस्टाइरहेको बताउँछिन् ।

तपाईं अभिनेत्री भावना गुरुङलाई सोसल मिडियामा पछ्याउनु हुन्छ भने उनको सक्रियताका बारेमा भरपूर जानकार हुनुहुन्छ नै । अभिनेत्री गुरुङ सोसल मिडियामा आफूलाई निकै क्रियटिभ ढंगले प्रस्तुत गर्छिन् । मौसम अनुसार उनले आफूलाई प्रस्तुत गरिरहेकी हुन्छिन् । गुरुङले यसपटक टिपिकल नेपलाी पोशाकमा आफूलाई प्रस्तुत गरेकी छिन् । ढाकाको चौबन्दी चोली र गुन्यूमा उनी निकै सुन्दर देखिएकी छिन् । उद्वार शान्ति केन्द्र नेपालको दोस्रो बार्षिक साधारणसभा तथा पहिलो अधिवेशन सहभागी हुँदै उनले कल्चरल नूत्य गरेकी थिइन् ।

अभिनेत्री गुरुङले र्याम्प वाकमार्फत मोडलिङमा प्रवेश गरेकी हुन् । र्याम्प वाकसम्बन्धी आधारभूत तालिम भर्खरै सकिएको थियो,’ उनी भन्छिन्, ‘त्यही बेला एउटा सोमा र्याम्प वाक गर्ने अफर आयो । सोमा मेरो आत्मविश्वास देखेर सबैले मोडलिङमा केही गर्न सक्छौ भनेर हौसला दिए । त्यसपछि यो क्षेत्रमा लाग्न प्रेरणा मिल्यो ।’ डान्स र अभिनय क्लास लिएकी उनी कोरियोग्राफी पनि गर्छिन् । दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी उनले केही विज्ञापनमा पनि अभिनय गरेकी छिन् । उनले गुरुङ भाषाको फिल्म ‘भुली गए पाप लाग्ला’ मा मुख्य अभिनेत्रीका रूपमा काम गरेकी छिन् । उनको डेब्यू नेपाली फिल्म चाहिँ ‘स्वर्ग मेरो गाउँ’ हो ।








