गुल्मी– गुल्मीमा पहिराेमा पुरिएर मृत्यु हुनेकाे संख्या पाँच पुगेकाे छ। मालिका गाउँपालिका- ६ कँडेल पाटामा भेषबहादुर विकको घर पहिरोले पुरिँदा परिवारका पाँच जनाको मृत्यु भएको हाे।
जिल्ला प्रहरी कार्यालयकाअनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा भेषबहादुर बिक, बुहारी सीता बिक, नातिनी सपना बिक र बिना बिक रहेका छन्। त्यस्तै पहिराेमा बेपत्ता भेषबहादुरकी श्रीमतीकाे पनि शव फेला परेकाे छ।