गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा

राम्रो अनलाइन     ०६ साउन २०८२, मङ्गलबार
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे साताव्यापी भ्रमणका लागि आज छिमेकी मुलुक चीन प्रस्थान गरेका छन् ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजित  कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डे पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री पाण्डेले आफ्नो अनुपस्थितिमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठलाई तोकेका छन् ।

चीन प्रस्थान गर्नुपूर्व मुख्यमन्त्री पाण्डेलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदेश सरकारका मन्त्री एवं उच्च पदस्थ अधिकारीहरूले बिदाइ गरेका थिए । भ्रमण टोली यही साउन १२ गते नेपाल फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया