गल्ती गर्ने कोही बच्नु हुँदैन : गृहमन्त्री लामिछाने

राम्रो अनलाइन     ३० असार २०८१, आइतबार
गल्ती गर्ने कोही बच्नु हुँदैन : गृहमन्त्री लामिछाने

 

काठमाडाैं– कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका विषयको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन्। आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले सो कुरा बताएका हुन् । 

उनले आफ्नो बारेमा धेरै प्रश्नहरु उठेको भन्दै आफू मन्त्री भएकाले कुनै प्रभावमा परेको भए अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताए। उनले आफूले सरुवा र बढुवा कुनै व्यक्तिविशेषलाई हेरेर नगरेको बताए । उनले आफूले नेपाल प्रहरीमा कुनै पनि विधि मिच्ने काम नगरेको जिकिर गरे। उनले आफू गृहमन्त्री भए पनि आफूले सुरक्षा निकायलाई आफ्नो बारेमा अध्ययन, अनुसन्धान नगर भनेर निर्देशन नदिएको बताए। 

गल्ती गरेको जो कोही पनि बच्नु र बचाउनु नहुने उनले बताए । सुनको अनुसन्धानको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न आफूलाई कुनै आपत्ति नरहेको भए पनि राज्यका सुरक्षा निकायको गोपनियतालाई मध्यनजर गरी सार्वजनिक नगरेको बताए । उनले आफूले गरेका र बाहिर आएका कतिपय गतिविधि सरकार परिवर्तनसँगै साम्य देखिएको बताए। सरकार निर्मला पन्तको अनुसन्धानको अन्तिममा पुगेको दाबी गरे ।

उनले कैयौँ विषयहरु भगबण्डामा टुङ्गिने गरेको भन्दै एउटा बिन्दुमा आएर देशलाई भागबण्डाबाट निकाल्नुपर्ने बताए । दुई ठूला राजनीतिक दलहरु एक ठाउँमा उभिएर सरकार बनाउनु चुनौतीपूर्ण कुरा भएको बताए। 

प्रतिक्रिया