ग्लोबल आईएमई बैंक, आईएमई र जाल्टान बीच त्रिपक्षीय समझदारी 

राम्रो अनलाइन     २२ साउन २०८१, मङ्गलबार
ग्लोबल आईएमई बैंक, आईएमई र जाल्टान बीच त्रिपक्षीय समझदारी 


काठमाडौं– ग्लोबल आईएमई बैंक लिमिटेड, आईएमई लिमिटेड र जापानिज भाषा शिक्षक संघ नेपाल ९जाल्टान० बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आईएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका छन् ।

उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो ।

समझदारीअनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीलाई जापानका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्नेछ । यसैगरी जापान गए पछि विद्यार्थीले जापानबाट आईएमईबाटै सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन् ।

प्रतिक्रिया