काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनियुक्त सचिवालय सदस्य सागर ढकालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार आयोजित कार्यक्रममा सभापति रवि लामिछानेसमक्ष उनले औपचारिक रूपमा शपथ लिएका हुन्।
पार्टीको केन्द्रीय समितिको वैशाख ७ गतेको बैठकले सचिवालय विस्तार गर्ने निर्णय गर्दै नयाँ सदस्यहरू थप गर्ने प्रस्ताव अनुमोदन गरेको थियो। सोही निर्णय अनुसार सचिवालय संरचना १६ सदस्यीय बनाइएको हो।
उक्त बैठकमा सागर ढकालसँगै सरिताश्री ज्ञवालीलाई समेत सचिवालय सदस्यका रूपमा मनोनयन गर्ने प्रस्ताव पारित भएको थियो।