बलिउडका प्रसिद्ध केही कलाकारले शरीरका विभिन्न अंगका बिमा गराएका छन्। बिमा गराउनेले घाँटी, आवाज, मुस्कान, नितम्ब आदि बिमा गराएका छन्। शरीरका अंगकाे बिमा गर्ने केही कलाकारहरु :
लता मंगेशकर
बलिउडकी ‘क्विन अफ मेलोडी’ भनिने गायिका लता मंगेशकरले आफ्नो घाँटीको बिमा गराएकी छिन्। हजारौँ हिन्दी गीत गाइसकेकी उनको बिमाको रकम भने खुलाइएको छैन।
अमिताभ बच्चन
बलिउडका ‘बिग बी’ अर्थात् अमिताभ बच्चनको आवाज वजनदार मानिन्छ। उनले आफ्नो आवाजको बिमा गराएका छन्।
प्रियंका चोपडा
‘देसी गर्ल’ प्रियंका चोपडाले आफ्नो मुस्कानको बिमा गराएकी छिन्। उनको जस्तो मुस्कान चाहनेले भारी रकम तिरेर सर्जरी गरेर त्यस्तो मुस्कान पाउन सक्छन्।
सनी देओल
अभिनेता सनी देओलको ‘ये ढाई किलो का हाथ है’ डाइलग प्रसिद्ध छ। धेरैले अनुमान लगाउँछन्, उनले त्यही हातको बिमा गराएका होलान्। तर, उनले अमिताभजस्तै आफ्नो आवाजको बिमा गराएका छन्।
नेहा धुपिया
‘पूर्व मिस इन्डिया’ तथा अभिनेत्री नेहा धुपियाले आफ्ना नितम्बको बिमा गराएकी छिन्। बिमा रकम खुलाइएको छैन। तर, उनले अमेरिकन इन्सुरेन्स कम्पनीबाट नितम्बको बिमा गराएकी हुन्।
मल्लिका शेरावत
अभिनेत्री मल्लिका शेरावतले आफ्नो सम्पूर्ण शरीरको बिमा गराएकी छिन्। उनले ५० करोड भारुको बिमा गराएकी छिन्।