घामबाट छाला जोगाउन सनस्क्रिन कसरी लगाउने  ?

राम्रो अनलाइन     १० असोज २०७८, आइतबार
घामबाट छाला जोगाउन सनस्क्रिन कसरी लगाउने  ?

गर्मी मौसममा घामबाट छाला जोगाउन धेरैलाई गाह्रो पर्छ । घर बाहिर निस्कँदा धेरै युवती र महिलाले घामबाट जोगिन आँखामात्रै देखिने गरी अनुहारमा मास्क तथा पातलो सलले अनुहार ढाक्छन् । घामको डरले कतिपय दिनमा सकेसम्म घरबाट बाहिर ननिस्कन पाए पनि हुन्थ्यो भनी सोच्छन् । घरभित्र बस्दैमा छालामा घामको असर पर्दैन भन्ने होइन । सूर्यको प्रकाश कोठामा सीधा नछिरे पनि छालालाई असर गर्ने सूर्यका किरण कोठा भित्र प्रवेश गरिरहेका हुन्छन् । त्यसैले घरभित्र वा अँध्यारो कोठामा बस्दा पनि छालाको सुरक्षाका लागि छाला रोग विशेषज्ञहरू सनब्लक क्रिम लगाउने सल्लाह दिन्छन् । 


सूर्यबाट निस्किने अल्ट्राभ्वाइलेट किरणले स्किनमा हुने मेलानिन बनाउने कोशिकालाई नोक्सान पु¥याउँछ । स्किन क्यान्सर यसको सबभन्दा ठूलो असर हो । सूर्यबाट निस्किने अल्ट्राभ्वाइलेट किरणलाई सन प्रोटेक्सन फ्याक्टर (एसपीएफ)ले रोक्न सक्छ । धेरै एसपीएफ भएको सनब्लक क्रिमलाई धेरैले राम्रो सनस्क्रिन ठान्छन् । बढी एसपीएफ भएको सनब्लकल गाउँदैमा छाला जोगिदैँन । र, छाला रोग विशेषज्ञसँग परामर्श नगरी जथाभावी ब्रान्डको सनब्लक क्रिम लगाउँदा धेरैले आफ्नो अनुहारको सुन्दरता गुमाउँछन् । 


सनब्लक क्रिम रोज्दा


१.सनब्लक क्रिम, लोसन, जेल र स्प्रेमा पनि पाइन्छ । यसको मुख्य काम सूर्यको अल्ट्राभ्वाइलेट किरणलाई केही मात्रामा भएपनि सोस्नु र परावर्तन गर्नु हो । यसले छालालाई घाममा डढ्नबाट जोगाउँछ ।
२.छालाको किसिम अनुसार एसपीएफ नम्बर छनोट गर्नुपर्ने हुन्छ । गोरो छालाका लागि बढी एसपीएफ चाहिन्छ । जति बढी एसपीएफ छ,त्यति नै धेरै समयसम्म सनब्लकले कामगर्छ । सुक्खा छालामा क्रिम र लोसन प्रयोग गर्नुपर्छ । डन्डीफोर भएको र चिल्लो छालाकालागि जेल तथा स्प्रे प्रयोग गर्नुपर्छ ।
३. सनब्लक छनोट गर्दा एसपीएफसँगै सनस्क्रिनमा यूभीएको कम्बिनेसन हेर्न आवश्यक छ । त्यसैगरी जिंकअक्साइड, टाइटेनियमडाइअक्साइड, एक्मसुले र अक्सिबेजान पनि हुन जरुरी छ । यूभीए र यूभीबी दुइटै सही सनस्क्रिन हुन्, तर यीएसपीफमा निर्भर हुन्छन् ।
४. ब्रान्डेड सनस्क्रिन राम्रो त होला, तर सबैका लागि उपयुक्त हुँदैन । त्यसैले छालारोग विशेषज्ञसँग परामर्श गरी सनस्क्रिनको छनोट गर्नुपर्छ । 
५. नियमित प्रयोगका लागि एसपीएफ १५ देखि ३० सम्मको सनब्लकक्रिम लगाउनु राम्रो हुन्छ । 


कसरी लगाउने सनस्क्रिन ?
अन्यऔषधिजस्तै सनब्लकको पनि डोज हुन्छ । डोज नपु¥याइ दिनमा एकपटकमात्र लगाएर छालालाई घामको नकारात्मक असरबाट जोगाउन सकिँदैन । अनुहारमा कम्तिमा एक चम्चा सनस्क्रिन लगाउँदा राम्रो हुन्छ । अनिवार्य रूपमा दिनको तीनपटक सनब्लकल गाउँदामात्र यसले छालाको सुरक्षागर्न सक्छ । 
छालाको सुरक्षाकालागि हरेक दुई घण्टामा सनक्रिमको प्रयोग गर्नुपर्ने हुन्छ । घाममा देखिने शरीरका सबै भागमा लगाउनु पर्ने हुन्छ । कतिपयले सनस्क्रिन घाममा निस्कँदामात्र लगाउनुपर्छ भन्ने ठान्छन् । तर, राति सुतेर उठेपछि उज्यालोमा जानु अघि पनि सनस्क्रिन लगाउनुपर्छ । अँध्यारोबाट उज्यालोतिर जाँदा छालामा हुने असर कमगर्न पनि यो क्रिम उपयुक्त हुन्छ ।


घरबाहिर निस्किनुअघि १०–१५ मिनेट पहिले सनस्क्रिन लगाउनुपर्छ । दुई तीनघण्टाबाहिर भएपछि फेरि सनस्क्रिन लगाउनु पर्छ । घाममा बढी काम गर्नुपर्ने मान्छेले सनस्क्रिन लगाउनुर्छ र कम्प्युटरका अघि धेरै समय रहनेका लागि पनि सनस्क्रिन लगाउनु जरुरी छ । स्विमिङ गर्नेले वाटरप्रुफ सनस्क्रिनको प्रयोग गर्दा राम्रो हुन्छ ।
 

प्रतिक्रिया