गगन थापालाई कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्‍यो

राम्रो अनलाइन     ०९ माघ २०८२, शुक्रबार

काठमाडौं – नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकलगत्तै उनले प्रधानमन्त्रीको उमेदवार किन घोषणा गर्नुपर्‍यो भन्ने धारणा राखेका थिए । ६ वटा बुँदा अघि सार्दै सातौँ बुँदामा उनले थापालाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरिएको जानकारी गराए ।

उनले भने–कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापालाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरेका छौँ ।’
 

प्रतिक्रिया