गाँजासहित तीन पक्राउ

राम्रो अनलाइन     २३ जेठ २०७८, आइतबार
गाँजासहित तीन पक्राउ


वाग्मती, २३ जेठ 
मकवानपुरमा निषेधाज्ञाको मौका छोपी प्रतिबन्धित लागुऔषध गाँजाको कारोबार गर्ने तीन जनालाई शनिबार प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–७ का ४७ वर्षीय हीराबहादुर मोक्तान, २४ वर्षीय रामबहादुर मोक्तान र सोही ठाउँ बस्ने २४ वर्षीय ठाकुर सुनार छन् ।

प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरीक्षक दीपकराज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाको राक्सिराङ गाउँपालिका–५ बोटबारीबाट १२ केजी ३०० ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरेको थियो । झोलामा गाँजा बोकेर हिँडिरहेका उनीहरूलाई सुरक्षा जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणको लागुऔषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए  । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया