रफा– इजरायली सेनाले गाजाको रफामा हवाई हमला सुरु गरेको छ । हमाससँगको शान्तिर्वाता भंग भएपछि इजरायली सेनाले हवाई हमला सुरु गरेको हो ।
आक्रमण अघि सेनाले प्यालेस्टिनीहरुलाई रफा छाड्न भनेको थियो । त्यसपछि प्यालेस्टिनीहरु घरबार छाडेर हिडेका हुन् । घर छाड्नेहरुमा बालबालिका, युवाहरु झोलाझ्याम्टा बोकेर उत्तरी रफाको खानयुनिसतर्फ गइरहेका छन् । यस्तैइजरायली सेनाका प्रवक्ताका अनुसार रफाबाट एक लाख प्यालेस्टिनीलाई बाहिर निकाल्न लागिएको कारण हमला गरिएको हो।
यसलाई हमासले भने रफामा आक्रमण गरेर इजरायलले तनावलाई अझ बढाएको टिप्पणी गरेको छ । यसको परिणाम इजरायलले भोग्नुपर्ने चेतावनी दिँदै हमासले बन्धकहरुलाई मुक्त गर्न बाधा पुग्ने चेतावनी पनि दिएको छ ।