एसईईमा अनुत्तीर्ण भएपछि दाेलखाकी एक छात्राले गरिन् आत्महत्या

राम्रो अनलाइन     १४ असार २०८१, शुक्रबार
एसईईमा अनुत्तीर्ण भएपछि दाेलखाकी एक छात्राले गरिन् आत्महत्या

 

काठमाडाैं–  माध्यामिक शिक्षा परीक्षा (एसईई) मा अनुत्तीर्ण भएपछि दाेलखामा एक छात्राले आत्महत्या गरेकी छन्।

गौरीशंकर गाउँपालिका-२ जुँगुका रामबहादुर बुढाथोकीकी १६ वर्षीया छाेरी जेनिसा बुढाथोकीले बिहीबार साँझ आत्महत्या गरेकी हुन्।

स्थानीय नीलकण्ठेश्वर माविबाट गत वर्ष एसईई दिएकी जेनिसाले अनुत्तीर्ण भएपछि साँझ ५ बजे आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकाे गौरीशंकर-२ का वडाध्यक्ष रोहित बुढाथोकीले जानकारी दिए। 

उनले आत्महत्या गर्नुअघि सुसाइट नाेट लेखेर बुबाआमा र परिवारका सदस्यहरूसँग माफी मागेकाे वडाध्यक्ष बुढाथोकीले बताए।

वडाध्यक्षका अनुसार पाेष्टमार्टमपश्चात उनकाे आज दाहसंस्कार गरिएकाे छ। 

प्रतिक्रिया