एनसेलले ल्यायो ‘बिजप्लस’ प्लान

राम्रो अनलाइन     ०५ माघ २०७७, सोमबार
एनसेलले ल्यायो ‘बिजप्लस’ प्लान

काठमाडौं : मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सानादेखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यालयलाई आवश्यकताअनुसारको सबै सेवा प्रवाह गर्न ‘बिजप्लस’ प्लान सञ्चालनमा ल्याएको छ । 
साना, मझौला तथा ठूला उद्यमी र सरकारी कार्यालयले उनीहरूकै लागि विशेष रूपमा तयार पारिएको सेवाबाट लाभ लिन सक्ने कम्पनीले जनाएको छ । 
कोरोना महामारीका कारण देशभरका साना, ठूला सबै प्रकारका उद्योगधन्दा, कलकारखाना र व्यवसायले विभिन्न चुनौतीको सामना गरिरहेकाले कम्पनीले फास्ट फरवार्ड लाइफ अभियानअन्तर्गत नयाँ बिजप्लस प्लान ल्याएको हो ।
पुरानो बिज प्लानलाई परिमार्जित गरेर  सुलभ दरमा थप सेवा–सुविधाका साथ ग्राहक आवश्यकताबमोजिम सेवा प्रवाह गर्न बिजप्लस प्लान ल्याइएको कम्पनीले बताएको छ ।
भ्वाइस, डेटा, एसएमएसका साथै उपयोगी डिजिटल सेवा समावेश गरिएका यी प्लानले उद्यमी, व्यवसायीलाई छिटो अगाडि बढ्न र उनीहरूको लक्ष्य प्राप्तिमा योगदान पुग्ने कम्पनीको विश्वास छ । 
 
कम्पनीका अनुसार साना तथा मझौला उद्योग र सरकारी कार्यलय तथा निकायहरूले ३० दिनका लागि १४९ बाट सुरु हुने बिजप्लस प्लान लिन सक्छन् भने ठूला उद्योग तथा कर्पोरेटले २९९ बाट सुरु हुने प्लान सुचारु गर्न सक्छन् । 
 
नयाँ बिजप्लस प्लानअन्तर्गत ग्राहकले एनसेल नेटवर्कभित्र बिजनेस आवरमा निःशुल्क भ्वाइस तथा एसएमएस गर्न, एफएनएफ अर्थात् परिवार तथा साथीभाइका कुनै दुई वटा निश्चित नम्बरमा अनलिमिटेड कल गर्न र मासिक रेन्टल शुल्क तिर्न नसके पनि सेवा रद्ध हुने छैन ।  

साथै, बिजप्लान प्लस प्रयोग गर्ने ग्राहकले विभिन्न डिजिटल सेवा, डाक्टरसँग परामर्श, कर्पोरेट युजर गु्रपमा निःशुल्क कल तथा एसएमएस, मोबाइल सेक्युरिटीलगायत सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको ्छ । 

साना तथा मझौला उद्योगीले आफ्नो आवश्यकताअनुसार ३० दिनको १४९ रुपैयाँ वा १९९ शुल्क लाग्ने प्लान सुचारु गर्न सक्छन् ।
कर्पोरेट ग्राहकले २९९ देखि १,४९९ रुपैयाँसम्मका ६ वटा बिजप्लानमध्ये कुनै पनि प्लान सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, सरकारी कार्यालयका ग्राहकले १४९ देखि ४९९ रुपैयाँसम्मका ४ वटा प्लानमध्ये आवश्यकताअनुसार कुनै पनि प्लान सुचारु गर्न सक्छन् । 
 

प्रतिक्रिया