एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई बी एन्ड बी अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवामा १० प्रतिशतसम्म छुट दिने समझदारी गरेको छ ।
अस्पतालले बैंकका एटिएम, भिसा कार्डवाहक ग्राहक तथा कर्मचारीलाई फार्मेसीबाट औषधी खरिद गर्दा ५ प्रतिशत र अन्तरंग (भर्ना) मा ७ प्रतिशत छुट उपलब्ध गराउनेछ ।
समझदारीपत्रमा बैंकका प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र बी एन्ड बीका प्रमुख प्रशासक प्रकाश भट्टराईले हस्ताक्षर गरे ।
बैंकले हाल १ सय ८० शाखा, १ सय ३६ एटिएम, ९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएको छ ।