काठमाडौँ । नेकपा (एमाले)को आकस्मिक स्थायी कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा बैठक बोलाएका थिए । बैठक सुरु भएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
तामाङले कोभिड १९ महामारी, राष्ट्रियसभा उम्मेदवारीलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । ओलीले २७ बैशाखमा विश्वासको मत लिने बताएका छन् । त्यो विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।
माओवादीले हिजो मात्रै ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको विषयमा पनि बैठकमा छलफल हुनेछ ।