एभरेष्ट बैंकमा एभरेष्ट उत्सवमय अफर

राम्रो अनलाइन     ०२ असोज २०७८, शनिबार
एभरेष्ट बैंकमा एभरेष्ट उत्सवमय अफर

काठमाडौं :  एभरेष्ट बैंकले आउँदै गरेका चाडलाई ध्यानमा राखी एभरेष्ट उत्सवमय अफर ल्याएको छ । यसअन्तर्गत सबै क्षेत्रलाई समेट्दै घर भाडाभन्दा सस्तो घर कर्जा, स्वरोजगार तथा उद्यमीको लागि साना तथा मझौला उद्योग कर्जा, आफ्नै सावारी साधनका लागि गाडी तथा मोटरसाइकल कर्जा, तथा व्यक्तिगत प्रयोजनका लागि व्यक्तिगत कर्जा योजना समावेश गरिएको छ । 

बैंकले भदौ २७ देखि लागू भएको कर्जा योजनामा घर कर्जा ७.४८ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ७.२४ प्रतिशत, गाडी कर्जा ६.८८ प्रतिशत, मोटरसाइकल कर्जा ७.९९ प्रतिशत तथा व्यक्तिगत कर्जा ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउनेछ ।
कर्जा योजनाबाट उत्सवलाई झनै उत्सवमय बनाउन यो योजना ल्याइएको बैंकले बताएको छ ।  
 

प्रतिक्रिया