‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

राम्रो अनलाइन     १५ असोज २०८२, बुधबार
‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

काठमाडौँ: ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् । 

सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गर्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

निजलाई काठमाडौँ महानगरपालिका-१० बुद्धनगरबाट नियन्त्रणमा लिएको हो ।  ती युवकले प्रहरीलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया