दुर्गा प्रसाईं पक्राउ

राम्रो अनलाइन     ०२ मंसिर २०८२, मङ्गलबार
दुर्गा प्रसाईं पक्राउ फाइल तस्बिर

काठमाडौं–दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको प्रहरी जानकारी दिएको छ ।

हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति  दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरीले बतायो ।

यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।

प्रतिक्रिया