दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु

राम्रो अनलाइन     १४ पुस २०८१, आइतबार
दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु

काठमाडौं–  दक्षिण कोरियामा आइतबार बिहान भएको बिमान दुर्घटनामा कम्तिमा २८ जनाको मृत्यु भएको छ। जेजू एयरको एउटा फ्लाइ मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङका क्रममा रनवेबाट चिप्लिएर पर्खालमा गएर ठोक्किँदा दुर्घटना भएको हो।

थाइल्यान्डको बैंककबाट विमान दक्षिण कोरिया आएको थियो। उक्त विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य सवार रहेको जनाइएको छ। नेपाली समय अनुसार विमान बिहान ५स्५२ मा दुर्घटनामा परेको हो। थप विवरणहरु भने आउन बाँकी छ।
 

प्रतिक्रिया