दीपका र रणवीर : को - को सँग बाँधिएका थिए  प्रेममा ? 

एजेन्सी     १४ जेठ २०७८, शुक्रबार
दीपका र रणवीर : को - को सँग बाँधिएका थिए  प्रेममा ? 

अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले सन् २०१८ नोभेम्बर १४ र १५ मा लगनगाँठो कसेका थिए । पाँच वर्षको प्रेम सम्बन्धपछि उनीहरू बिहे बन्धनमा बाँधिँएका थिए । 

फिल्म ‘गोलियों की रास लीला राम–लीला’ मा यो जोडी पहिलो पटक ठूलो पर्दामा सँगै देखिएको थियो। त्यहीबाट उनीहरू नजिकिएका थिए र अन्ततः उनीहरूबीच प्रेम झांगियो। फिल्म २०१३ नोभेम्बर १५ मा रिलिज भएको थियो। त्यसैले दुवैले बिहेको मिति १५ नोभेम्बर तोकेका थिए । 

दीपिका र रणवीर एकअर्काको प्रेममा पर्नुअघि उनीहरूको नाम थुप्रैसँग जोडिएको थियो।

दीपिकाका अफेयर

निहार पांड्या

दीपिका र निहारको भेट सन् २००५ मा एक्टिङ स्कुलमा भएको थियो। उनीहरू साथी बने। प्रेममा परे। दीपिका र निहार तीन वर्षसम्म लिभ–इन रिलेसनसिपमा रहे। त्यसपछि दीपिकाले अघि बढ्ने निर्णय गरिन् र निहारसँग ब्रेकअप गरिन्।

उपेन पटेल

निहारसँग ब्रेकअप भएपछि दीपिकाको जीवनमा उपेन आए। उनीहरू मोडलिङ गर्दाताकादेखि नै एकअर्कालाई चिन्थे। उनीहरूको प्रेम सम्बन्ध पनि लामो समय टिकेन। बलिउडकर्मीका अनुसार उपेन दीर्घकालीन सम्बन्धमा बाँधिन चाहन्थेनन्।

युवराज सिंह

क्रिकेटर युवराज सिंहसँग पनि दीपिकाको नाम जोडियो। उनीहरू धेरै ठाउँमा सँगै देखिन्थे। आईपीएल म्याचताका दीपिकालाई थुप्रै पटक क्रिकेट स्टेडियममा देखियो।

सिद्धार्थ माल्या

बर्सेनि स्विमसुटमा मोडलहरूको तस्बिर छाप्ने भारतको किङफिसर क्यालेन्डरका लागि पनि दीपिकाले मोडलिङ गरेकी छिन्। व्यवसायी विजय माल्या र फोटोग्राफर अतुल कसबेकरले निकाल्ने क्यालेन्डरका लागि मोडलिङ गरेपछि दीपिकाको नाम विजयका छोरा सिद्धार्थ माल्यासँग जोडियो। दुवै सँगै पार्टीमा धेरै पटक देखिए। आईपीएल म्याचका क्रममा दीपिका सिद्धार्थलाई किस गर्दै देखिइन्। तर, उनीहरूको सम्बन्ध पनि लामो समय टिकेन।

रणवीर कपुर

फिल्म ‘बचना ए हसिनो’ को सुटिङताका अभिनेता रणवीर कपुर र दीपिका नजिकिएका हुन्। दीपिका रणवीरका लागि गम्भीर थिइन्। उनले घाँटीमा ‘आरके’ को ट्याटूसमेत बनाएकी थिइन्। रणवीरका जीवनमा अभिनेत्री कट्रिना कैफ आएपछि उनीहरूको बे्रकअप भयो। दीपिका र रणवीरको प्रेम तीन वर्ष चल्यो।

रणवीरका अफेयर

अहाना देओल

कलेज  पढ्दाताका रणवीर अभिनेता धर्मेन्द्र र अभिनेत्री हेमा मालिनीकी कान्छी छोरी अहाना देओलको प्रेममा थिए। त्यतिखेर उनी फिल्म इन्डस्ट्रीसँग जोडिएका थिएनन्। रणवीर प्रेममा गम्भीर थिए तर अहानाले अभिनेता आदित्य रोय कपुरलाई मन पराउँथिन्। उनीहरूको प्रेम सम्बन्ध सुरु भएपछि रणवीर र अहानाको ब्रेकअप भयो।

अनुष्का शर्मा

रणवीरले फिल्म ‘बैन्ड बाजा बारात’ बाट अभिनेत्री अनुष्का शर्मासँग बलिउडमा डेब्यू गरेका थिए। फिल्मसँगै उनीहरूको प्रेमको चर्चा चल्न थाल्यो। प्रेम सम्बन्धमा  हुँदा फिल्म ‘लेडिज भर्सेस रिकी बहल’ मा यो जोडी सँगै देखियो। अनुष्काको सम्बन्ध क्रिकेटर विराट कोहलीसँग सुरु भएपछि उनीहरूको बे्रकअप भयो र ब्रेकअपपछि फिल्म ‘दिल धडकने दो’ मा उनीहरूले स्क्रिन सेयर गरे।

सोनाक्षी सिन्हा

सन् २०१३ मा फिल्म ‘लुटेरा’ रिलिज भयो। जसमा सोनाक्षी सिन्हा र रणवीर मुख्य भूमिकामा थिए। फिल्मपछि उनीहरूको प्रेममा किस्सा मिडियामा छापिन थाले। उनीहरूले आफ्नो प्रेम स्विकारेनन्। एकअर्कालाई राम्रो साथी भने।

परिणीति चोपडा

रणवीरको नाम अभिनेत्री परिणीति चोपडासँग पनि जोडियो। दुवैले फिल्म ‘लेडिज भर्सेस रिकी बहल’ मा सँगै काम गरेका थिए। सन् २०१३ मा फिल्म ‘किल दिल’ रिलिज भयो। त्यसैताका उनीहरूको अफेयरको हल्ला चल्यो।

 

प्रतिक्रिया