हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ९सुन्तली०ले पहिलोपटक रेकर्ड गराएको गीत हो, ‘तिमी मेरो शिवजी’ । पशुपति शर्माको शब्द एवं संगीतमा सिताराम र कुञ्जनाले पहिलोपटक गीतमा स्वर दिएका हुन् । प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा सिताराम र कुञ्जनाकै अभिनय छ । उनीहरुले ‘मेरी बास्सै’मा निर्वाह गरेको मुस्कान पासा र फतौरी बुढीको गेटअपमा भिडियोमा अभिनय गरेका छन् । राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । चार दिनअघि सार्वजनिक गीतको भिडियोले युट्युबमा झण्डै ४ लाख पटक हेरिएको छ ।